सेन्ट्रल फाइनान्सले बोलायो साधारण सभा, लगानीकर्ताको हात रित्तै
काठमाडौं, १ चैत । सेन्ट्रल फाइनान्सले चैत २३ गते सत्रौं वर्षिक साधारण सभा बोलाएको छ । सभा सेन्ट्रलको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा बिहान १० बजे सुरु हुनेछ । फागुन ४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले यो वर्ष लाभांश प्रस्ताव नगरने निर्णय गरेको हो। फाइनान्सले आर्थिक वर्ष २०७८–७९ मा भने ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
कम्पनीले चैत ९ एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात चैत ८ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.