नेप्सेमा आज पनि गिरावट, ४ अर्ब १० करोडको कारोबार
नेप्सेमा आज पनि गिरावट आएको छ ।
काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से ५.३० अंकले घटेर २,५९४.२७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५७ कम्पनीका १ करोड ४४ हजार १६४ कित्ता शेयर ४ अर्ब १० करोड ९७ लाख ५१ हजार ७३० रुपैयाँ बराबरमा कारोबार भएको थियो । आज विकास बैंक र निर्जीवन बीमा बाहेक सबै क्षेत्रका शेयर मूल्य घटेका छन् ।
आज सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर १४.९५ प्रतिशतले बढेको छ । त्यस्तै, आज सबैभन्दा बढी धवलागिरी लघुवित्तको शेयर १०.०७ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज सबैभन्दा बढी मकर जितुमाया सुरी हाइड्रोपावरको करिब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको आजको कारोबार रकम करिब ९०.०८ करोड रुपैयाँ रहेको देखिन्छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.