सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

Artha Kendra Artha Kendra
मंगलबार, ९ भदौ २०८३, ११:११ AM
फन्ट
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ सय रुपैयाँले घटेर ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले घटेर ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.