काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यले गृहमन्त्रालयमा गरिमा चौधरीका अभिभावकले धन्यवाद भनेको भिडियो खिचिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले गरिमा चौधरीका अभिभावकले धन्यवाद भनेको भिडियो खिचिएको भन्दै ‘कस्तो समाज बनाउन लागेका छौं’ भन्दै प्रश्न गरेका छन् । साथै गरिमाको हत्याको घटनामा दोषी भनिएका युवकको भिडियो समेत सार्वजनिक गरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।
उनले भने- ‘म गरिमा चौधरीको हत्याकाण्डको बारेमा धेरै बोलिन, तर हामी सबै जनाले मनन गर्नुपर्ने कुरा के हो भने हामीले कस्तो समाज बनाइरहेका छौं, जहाँ मृतकका बुबा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र दोषी भनिएका व्यक्तिले बोलेका कुरालाई सार्वजनिक गरिन्छ, यस्तो समाज बन्द गरिनुपर्छ।’
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.