सुनचाँदीको मुल्य बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

Artha Kendra Artha Kendra
सोमबार, १ भदौ २०८३, ११:८ AM
फन्ट
सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुन तोलाको ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदी तोलामा ६० रुपैयाँले बढेर ४ हजार ७ सय ७० रुपैयाँ पुगेको छ। यसअघि आइतबार चाँदी तोलाको ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.