एक्शनमा खेलकुदमन्त्री : बिना स्वीकृति मलेशिया भ्रमणमा जान लागेका १० जना पदाधिकारीलाई कारबाहीको निर्देशन

काठमाडौं, ३० फागुन । युवा तथा खेलकुद मन्त्रालयले स्वीकृति नलिई अखिल नेपाल फुटबल संघ (एन्फा) ले १० जना पदाधिकारी विदेश भ्रमणमा पठाउन लागेको भन्दै कारवाहीको निर्देशन दिएको छ ।

Artha Kendra Artha Kendra
बुधबार, ३० फाल्गुण २०८०, ७:१३ PM
फन्ट
एक्शनमा खेलकुदमन्त्री : बिना स्वीकृति मलेशिया भ्रमणमा जान लागेका १० जना पदाधिकारीलाई कारबाहीको निर्देशन

काठमाडौं, ३० फागुन । युवा तथा खेलकुद मन्त्रालयले स्वीकृति नलिई अखिल नेपाल फुटबल संघ (एन्फा) ले १० जना पदाधिकारी विदेश भ्रमणमा पठाउन लागेको भन्दै कारवाहीको निर्देशन दिएको छ । 

मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को 'झ’मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन दिएको हो ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले आगामी चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपाली टोलीले आगामी चैत ८ र १३ गते बहराइनसँग ‘होम एन्ड अवे’का दुई खेल खेल्दैछ । उक्त खेलका लागि नेपाली टोलीसहित एन्फाका १० पदाधिकारी ‘अफिसियल’ बनेर मलेसिया गएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान खराब भएपछि नेपालले विश्वकप छनौटका खेल यहि मार्च २१ र २६ मा होम र अवे खेल बहराइनमा खेल्न लागेको हो ।

राखेपको स्वीकृतिपश्चात् मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलन भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्ने व्यवस्थाका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको युवा तथा मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.