नेप्सेमा गिरावट, ४ अर्ब २७ करोडको कारोबार
नेप्सेमा आज गिरावट आएको छ ।
काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ रुपैयाँ बराबरमा कारोबार भएको थियो । आज जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मूल्य बढेको छ ।
आज सबैभन्दा बढी माउन्ट एभरेष्ट पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै, आज सबैभन्दा बढी सुपर खुदी हाइड्रोको शेयर मूल्य १२.८३ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज सबैभन्दा बढी कृषि विकास बैंक बण्डको ७० करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने खानीखोला हाइड्रोको १७ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.