उजुरीको भरमा कसैको चरित्र हत्या गर्न पाइदैन- गृहमन्त्री गुरुङ
गृहमन्त्री सुदन गुरुङले उजुरीको भरमा कसैको चरित्र हत्या गर्न नपाइने बताएका छन् ।
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले उजुरीको भरमा कसैलाई दोषी करार गर्न वा चरित्र हत्या गर्न नपाइने बताएका छन्।
शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले संसद्को सार्वजनिक लेखा समितिमा गृहसचिव, सहसचिव तथा नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की लगायतमाथि रास्वपा सांसद खगेन्द्र सुनारले गरेको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन्।
उनले भने, ‘जसरी हाम्रो सचिवज्यू र हाम्रो सहसचिवज्यूहरू, प्रहरी प्रमुखलाई जसरी एउटा समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा गृहमन्त्रीको ध्यानाकर्षण भएको छ। दिस इज नट राइट, दिस इज नट गुड।’
उजुरीकै भरमा कसैलाई दोषी करार गर्न नमिल्ने भन्दै उनले भने, ‘कसैलाई उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन । आरोप हो, जोसुकैले पनि लगाउन सक्छ । त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन।’
गत बुधबार निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विषयमा परेको उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलमा रास्वपा सांसद खगेन्द्र सुनार आक्रामक रूपमा प्रस्तुत भएको विषय अहिले चर्चामा रहेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.