सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नियुक्त भएका छन्।

Artha Kendra Artha Kendra
शुक्रबार, २९ श्रावण २०८३, १२:२५ PM
फन्ट
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नियुक्त भएका छन्।

प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनले आजै दिउँसो ३ बजे शपथ लिने तयारी छ।

निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

केन्द्रमा भएको एमालेसँगको सहमति अनुसार नेकपाले सुदूरपश्चिम र कर्णालीको मुख्यमन्त्री पाएको हो।

सहमति अनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने बताइएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.