रोल्पा पहिरो अपडेट: मृत्यु हुनेको संख्या ५ पुग्यो, ८ जना अझै बेपत्ता

थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ।

Artha Kendra Artha Kendra
बिहिबार, २८ श्रावण २०८३, ७:२ PM
फन्ट
रोल्पा पहिरो अपडेट: मृत्यु हुनेको संख्या ५ पुग्यो, ८ जना अझै बेपत्ता

रोल्पा । थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। पहिरोमा परी ८ जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन्।

मृत्यु हुनेमा १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर२५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।

बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर७१ वर्षीया मनि पुन मगर रहेका छन्।

घटनास्थलमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.