पथरीशनिश्चरे उपमेयरको एक्सन : लुकाएर राखिएको १९ सिलिन्डर ग्याँस बरामद
पथरी बजार अनुगमनका क्रममा लुकाएर राखिएका १९ वटा भरिएका एलपी ग्याँस सिलिन्डर बरामद गरिएको छ।
मोरङ, २८ साउन । पथरी बजार अनुगमनका क्रममा लुकाएर राखिएका १९ वटा भरिएका एलपी ग्याँस सिलिन्डर बरामद गरिएको छ।
बुधबार पथरीशनिश्चरे नगरपालिकाका उपप्रमुखको नेतृत्वमा ग्यास डिपोको अनुगमन गर्ने क्रममा एउटै डिपोबाट उक्त परिमाणमा ग्याँस बरामद गरिएको हो।
पथरीशनिश्चरे नगरपालिका–१ स्थित रत्नचोकमा रहेको कोशी ग्याँस डिलरको विक्रेता भुल्केदेवी ट्रेड एण्ड सप्लायर्सका सञ्चालकले आफ्नै घरमा लुकाएर राखेको अवस्थामा ती ग्याँस सिलिन्डर बरामद गरिएको हो।
उपप्रमुख देवीमाया काफ्लेको नेतृत्वमा रहेको टोलीले डिपोमा ग्याँस नभएको तथा बजारमा कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री भइरहेको भन्ने गुनासोका आधारमा सञ्चालक तेजेन्द्र राजभण्डारीको घरमा छापा मारेको थियो।
राजभण्डारीले १० दिनदेखि ग्याँस नभएको भन्दै उपभोक्तालाई फर्काउँदै आएको र महँगो मूल्यमा ग्याँस दिने गरेको गुनासो उपभोक्ताबाट आएको थियो। बरामद गरिएको ग्याँस आजै कोशी ग्याँसका उपभोक्तालाई वितरण गरिएको छ भने सप्लायर्स सञ्चालकलाई सचेत गराइएको छ।
उपमेयर काफ्लेको कारबाहीपछि भान्सामा राहत भएको स्थानीयवासीले बताएका छन्।
बजारमा ग्याँसको कालोबजारी भइरहेको सूचना प्राप्त भएपछि उपमेयर काफ्लेसहितको टोलीले अनुगमनलाई तीव्रता दिएको छ। राजभण्डारी पथरी उद्योग वाणिज्य संघका निवर्तमान कोषाध्यक्ष हुन्।
यसै क्रममा समितिले वडा नं. १ मा रहेको दीपक हार्डवेयरमा ग्याँस बिक्री–वितरणको प्रमाणपत्रबिनै ग्याँस बिक्री भइरहेको पाएपछि सञ्चालकलाई सचेत गराएको छ।
हार्डवेयरका सञ्चालक दीपक बस्नेतले ग्याँस बिक्री–वितरणको प्रमाणपत्र आजै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। उनी पथरी उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष हुन्।
बजारमा ग्याँसको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भइरहेको भन्ने सूचना प्राप्त भएपछि नगरपालिकाले बजार अनुगमनलाई थप तीव्रता दिएको जनाएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.