रविको टिप्पणी- चार महिनामा नागरिकका आवाज उस्तै, माइतीघरमा अझै गुनासा र प्रदर्शन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाज उस्तै रहेको टिप्पणी गरेका छन् । 

Artha Kendra Artha Kendra
बुधबार, २७ श्रावण २०८३, १०:३ PM
फन्ट
रविको टिप्पणी- चार महिनामा नागरिकका आवाज उस्तै, माइतीघरमा अझै गुनासा र प्रदर्शन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाज उस्तै रहेको टिप्पणी गरेका छन् । 

बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाज उस्तै रहेको र माइतीघरमा अझै नागरिकका गुनासा र प्रदर्शन देखिनु चिन्ताको विषय भएको बताएका हुन् ।

उनले भने- 'हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ। तर आवाजहरू उस्तै देखिएका छन्। म माइतीघरमा अझै पनि भीडभाड देखिरहेको छु। आशा मरेर हो कि बानी परेर हो, मैले छुट्याउन सकेको छैन ।’

लामिछानेले सरकारबाट तत्काल परिणाम खोज्ने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने बताए । चार महिनामै सबै परिवर्तन सम्भव नभए पनि नागरिकका अपेक्षा सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो । उनले युवा सांसद तथा मन्त्रीहरूलाई पदमा रमाउनेभन्दा जिम्मेवारी पूरा गर्न केन्द्रित हुन आग्रह गरे । अहिलेको पुस्ताले अवसरलाई सही ढंगले उपयोग गर्न नसके आगामी पुस्ताले पनि त्यस्तो अवसर नपाउने उनको चेतावनी थियो ।

विगतमा युवा नेतृत्वको अभाव भन्दै आफूहरूले उमेरका आधारमा अनुभवी पुस्ताको आलोचना र अपमानसमेत गरेको हुन सक्ने लामिछानेले स्वीकार गरे । अहिले ठूलो संख्यामा युवा सांसद हुनु ऐतिहासिक राजनीतिक घटनाक्रम भएको भन्दै उनले युवा नेतृत्व सरकारमा आउनु मात्रै वर्षौँदेखिको सपना पूरा हुनु नभएको बताए ।

लामिछानेले चुनावको परिणाम र प्रतिनिधिसभामा युवाको उपस्थितिलाई अब काम र परिणाममा रूपान्तरण गर्नुपर्ने चुनौती रहेको धारणा राखेका थिए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

J

Jayaaa

·

Sahakari ko bachat firta matra garna aako ho vane arko sarkar lyauna sakinxa tara yo sarkara aaya dhekhi khusi chai ko xa repoter jiu aafai vanus ta ???? Yo mero aafno bichar ho maile sarkar lai vanda ni kasto ma vot halexu vanera aafailai paxuto xa teti ho anyathaa na li di nu hola 🙏