गौतम अडानीविरुद्धको मुद्धा अमेरिकी अदालतद्वारा खारेज

अमेरिकी अदालतले भारतको अदाणी समूहका अध्यक्ष गौतम अडानी र उनका भतिजा सागर अडानीविरुद्ध लगाइएको आपराधिक आरोप खारेज गरेको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, २६ श्रावण २०८३, २:३८ PM
फन्ट
गौतम अडानीविरुद्धको मुद्धा अमेरिकी अदालतद्वारा खारेज

काठमाडौँ । अमेरिकी अदालतले भारतको अदाणी समूहका अध्यक्ष गौतम अडानी र उनका भतिजा सागर अडानीविरुद्ध लगाइएको आपराधिक आरोप खारेज गरेको छ ।

न्युयोर्कको पूर्वी जिल्लाका जिल्ला न्यायाधीश निकोलस गारौफिसले संघीय अभियोजनकर्ताको आग्रहपछि आरोप खारेज गरेका हुन् । भारतमा सौर्य ऊर्जा ठेक्का प्राप्त गर्न घुसखोरी गरेको र अमेरिकी लगानीकर्तालाई भ्रममा पारेको आरोप उनीहरूमाथि लागेको थियो ।

अमेरिकी न्याय विभागले गत जुलाईमा उक्त मुद्दा सुरु नै हुन नहुने भन्दै आरोप स्थायी रूपमा खारेज गर्न माग गरेको थियो । विभागले कथित गतिविधि मुख्य रूपमा भारतमा भएको र अमेरिकी कानुनअन्तर्गत मुद्दा अघि बढाउन कानुनी आधार कमजोर रहेको तर्क गरेको थियो ।

अदालतको निर्णयपछि गौतम अडानीले न्यायिक प्रक्रियाप्रति सम्मान व्यक्त गर्दै कठिन समयमा पनि सत्य, निष्पक्षता र कानुनी शासनप्रतिको आफ्नो विश्वास अडिग रहेको बताएका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.