प्रधानमन्त्रीकै कारण देशमा समस्या भयो, समन्यव गर्न सक्नुभएन- हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिलेका सबै समस्या प्रधानमान्त्री बालेन्द्र शाहका कारण भएको बताएका छन् ।

Artha Kendra Artha Kendra
मंगलबार, २६ श्रावण २०८३, २:३ PM
फन्ट
प्रधानमन्त्रीकै कारण देशमा समस्या भयो, समन्यव गर्न सक्नुभएन- हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिलेका सबै समस्या प्रधानमान्त्री बालेन्द्र शाहका कारण भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले ग्यासको समस्यादेखि हरेक स्थानमा लाइन र असन्तुष्टि बढ्नुमा प्रधानमन्त्रीले समन्यव गर्न नसकेको बताएका हुन् ।

उनले सरकार कमजोर भएका कारण देशमा बेथिति बढेको भन्दै गलत गर्नेलाई कारवाही गर्न के ले रोकेको छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

उनले सुकुम्बासीलाई लालपुर्जा दिन स्थानीय तहले रोकेको आरोप मन्त्रीले लगाएको भन्दै उनले केन्द्रको मन्त्रीले पहलकदमी लिनुपर्ने बताए । साम्पाङले टालटुले काम गरेर नहुने भन्दै सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । उनले प्रधानमन्त्री संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउन माग गरेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

मए

म एकबर्स लाइनमा लागेर ग्यँस लिन तयार छु तर यो सुँगुर मुखे हलि नबोलेको सुन्नु परो

·

म एकबर्स लाइनमा लागेर ग्यँस लिन तयार छु तर यो सुँगुर मुखे हलि नबोलेको सुन्नु परो