काँग्रेसको प्रधानमन्त्री शाहलाई आग्रह- कालो चश्मा खोल्नुस्
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘कालो चश्मा’ खोल्न आग्रह गरेको छ ।
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘कालो चश्मा’ खोल्न आग्रह गरेको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्री शाहलाई साथ दिन प्रतिपक्ष तयार रहेको बताउँदै ‘कालो चश्मा’ खोलेर हेर्न आग्रह गरेकी हुन् ।
उनले भनिन्, ‘कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न । मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ ।’
सांसद काउचाले विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने बताउँदै प्रधानमन्त्रीलाई संसदमा आएर स्पष्टीकरण दिन माग गरेकी छन् ।
उनले प्रश्न सोध्नु घेराबन्दी नभएको बताउँदै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा ‘एक्लो महसुस भयो’ भन्ने अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो ? भन्ने प्रश्न गरेकी थिइन् ।
सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिको प्रश्नले प्रधानमन्त्रीको साखलाई कमजोर बनाइरहेको बताउँदै उनले संसद्को रेकर्डमा रहेको विवादास्पद अभिव्यक्ति सच्याएर सभामुख र प्रधानमन्त्रीको गरिमा बचाउन आग्रह गरेकी थिइन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.