सुन तोलाको तीन लाख नाघ्यो
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.