५८ वर्षपछि रोहिणीवासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

Artha Kendra Artha Kendra
शुक्रबार, २२ श्रावण २०८३, १:३२ PM
फन्ट
५८ वर्षपछि रोहिणीवासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

बुटवल । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

२०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा आज सम्बन्धित जग्गाधनीलाई वितरण भएको छ ।

दशकौँदेखि आफ्नो जग्गाको कानुनी स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका स्थानीय बासिन्दाका लागि यो वितरण ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।

लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित हुनुका साथै किनबेच, बैंकिङ कारोबार तथा अन्य प्रशासनिक सेवा लिनसमेत सहज हुने अपेक्षा गरिएको छ ।

स्थानीय स्ववासीले ५८ वर्ष लामो प्रतीक्षापछि आफ्नो नाममा लालपुर्जा प्राप्त गर्न लागेकोमा खुसी व्यक्त गरेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.