भित्री भवनको सम्पत्ति करबारे काठमाडौँ महानगरले मालपोतसँग छलफल गर्ने

काठमाडौँ महानगरपालिकाले मुख्य सडकलाई आधार मानेर भित्री क्षेत्रमा रहेका भवनहरूको सम्पत्ति कर निर्धारण गर्दा करदातालाई परेको समस्याबारे मालपोत कार्यालयसँग समन्वय बैठक गर्ने निर्णय गरेको छ।

Artha Kendra Artha Kendra
बुधबार, २० श्रावण २०८३, १२:४२ PM
फन्ट
भित्री भवनको सम्पत्ति करबारे काठमाडौँ महानगरले मालपोतसँग छलफल गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मुख्य सडकलाई आधार मानेर भित्री क्षेत्रमा रहेका भवनहरूको सम्पत्ति कर निर्धारण गर्दा करदातालाई परेको समस्याबारे मालपोत कार्यालयसँग समन्वय बैठक गर्ने निर्णय गरेको छ।

महानगरको ५५औँ कार्यपालिका बैठक मा कार्यवाहक प्रमुख सुनिता डंगोल ले मालपोत कार्यालयसँगको छलफलबाट समाधान नभए विधायन समिति, राजस्व समिति र सहरी योजना आयोग ले संयुक्त अध्ययन गरी समाधानको उपाय खोज्ने बताइन्। उनले पर्याप्त अध्ययनबिनै राजस्व दर हेरफेर नगरिएकोअघिल्लो दररेट नै कायम राखिएको स्पष्ट पारिन्।

बैठकले सहरी योजना आयोग का सदस्यमा आर्किटेक्ट बाबुराम भट्टराई, डा. सुरजराज काफ्ले, सरस्वती मानन्धर, प्रसुनरत्न बज्राचार्य, सुरज डंगोल, पुरुषोत्तम महतदामोदर गिरी को नियुक्ति अनुमोदन गरेको छ। साथै नगर प्रहरीमा बढुवा, करार सेवाका कर्मचारीको म्याद थप तथा महिला तथा बालबालिका महाशाखा प्रमुख जानकी सिंहलाई बाल कल्याण अधिकारी तोक्ने निर्णय पनि गरेको छ।

यस्तै, बैठकले बाइक एम्बुलेन्स सञ्चालन गर्ने, काठमाडौँ चलचित्र महोत्सवको कार्ययोजना तथा अनुमानित बजेट स्वीकृत गर्ने निर्णय गरेको छ। भूमि समस्या समाधान आयोग (समिति होइन) बाट प्राप्त पत्रबारे पनि विस्तृत छलफल गर्दै अव्यवस्थित बसोबासी, सुकुम्बासी तथा बेनिस्सा (बेवारिसे) जग्गाको व्यवस्थापन सम्बन्धी आगामी प्रक्रिया अघि बढाउने विषयमा छलफल गरिएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.