१७ वाणिज्य बैंकले ब्याजदर घटाउँदा एनआईसीले बढायो, कुनको कति ?
काठमाडौं, ३० फागुन । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्रकाशित सुचना अनुसार १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने एनआईसी एशियाले बढाएको छ। दुई वाणिज्य बैंकहरुले भने फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
बैंकहरुको ब्याजदर औसतमा ०.५०४२ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ७.७५ प्रतिशत विन्दु रहेको २० बैंकहरुको अधिकतम औसत ब्याजदर चैत महिनामा घटेर ७.२५ प्रतिशत विन्दुमा झरेको छ । १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो।
त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने बढेको छ । फागुनमा ५.७४ प्रतिशत विन्दु रहेको बैंकहरुको संस्थागत निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा ०.२६ प्रतिशत विन्दुले बढेर ६ प्रतिशत पुगेको छ ।
फागुन महिनाको तुलनामा चैत महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेष्ट बैंक र एनएमबि बैंक रहेका छन् । तर, प्रभु बैंक र ग्लोबल आइएमई बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
एनआईसी एशिया बैंकले चैत महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.५४ प्रतिशतका दरले ब्याज दिने भएको छ। फागुनमा बैंकको यस्तो ब्याजदर ८ प्रतिशत थियो। त्यसैगरी, बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि ६ प्रतिशतबाट बढाएर ७.५४ प्रतिशत पुर्याएको छ।
२० बैंकहरुमध्ये कृषि विकास बैंकको ब्याजर सबैभन्दा कम रहेको छ । यस बैकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ५.६६१ प्रतिशतका दरले ब्याज दिने भएको छ भने संस्थागतमा अधिकतम ४.०१ प्रतिशतका दरले ब्याज दिने भएको छ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.