सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार रुपैयाँ पुगेको छ। यसअघि बिहीबार सुन तोलाको २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदी तोलाको ५० रुपैयाँले बढेर ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार चाँदी तोलाको ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.