त्रिविको प्रश्नपत्र आउट गर्ने एक जना पक्राउ, को हुन् ?
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले एक जनालाई पक्राउ गरेको छ ।
सिआईबीका अनुसार साउन ८ गते सञ्चालन भएको एमजीटी ५१५ (सङ्गठनात्मक व्यवहार) विषयको परीक्षाको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमार्फत सार्वजनिक गरी शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको आरोपमा सन्दीप सिंहलाई पक्राउ गरिएको हो ।
कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी घर भएका ३३ वर्षीय सिंह हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्दै आएका थिए । उनलाई आइतबार मध्यपुर थिमीबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साथै, सिआईबीले एमबीएस प्रथम सेमेस्टरका अन्य विषयको परीक्षा अझै बाँकी रहेकाले प्रश्नपत्र चुहावट वा अन्य गैरकानुनी गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै यस्ता गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.