सरकार र डा. गोविन्द केसीबीच आज वार्ता हुदै

शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल ले अनसनरत डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता हुने बताएका छन्।

Artha Kendra Artha Kendra
आइतबार, १० श्रावण २०८३, १:३२ PM
फन्ट
सरकार र डा. गोविन्द केसीबीच आज वार्ता हुदै

धनगढी । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल ले अनसनरत डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता हुने बताएका छन्।

शनिबार धनगढी पुगेका पौडेलले उपचाररत डा. केसीलाई सेती प्रादेशिक अस्पतालमै भेटेर प्रारम्भिक छलफल गरेका थिए। त्यसक्रममा डा. केसी र उनका सहयोगीसँग अनौपचारिक संवादमार्फत धारणा बुझिएकोआइतबार उनीहरूले उठाएका मागबारे औपचारिक वार्ता हुने सचिव पौडेलले जानकारी दिएका हुन्।

उनले संवाद र सहमतिका माध्यमबाट डा. केसीले उठाएका विषयको सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्ने सरकारको प्रयास रहने बताए।

वार्तामा सहभागी हुन प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवालस्वास्थ्य सचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ।

डा. केसी गत बिहीबारदेखि पाँचबुँदे मागसहित सत्याग्रहमा बसेका छन्। उनका प्रमुख मागमा सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन तत्काल सुरु गर्नुपर्ने, तथा स्वार्थप्रेरित रूपमा गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने रहेका छन्।

यो पनि पढ्नुहोस्

जेनजी आन्दोलनका घाइतेलाई एमबीबीएस विवाद: निर्णय फिर्ता लिन डा. गोविन्द केसीको चेतावनी

डा. गोविन्द केसीले चिकित्सा शिक्षा ऐनविपरीत जेनजी आन्दोलनका घाइतेलाई एमबीबीएसमा भर्ना गराउने निर्णय फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् ।

मेडिकल कलेजको सिट बढाउने निर्णय उल्टाउन गोविन्द केसीको माग

डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकारसमक्ष माग गरेका छन् ।

न्यायाधीशद्धय चुडाल र शर्मालाई कारबाही नगरे अनशन बस्ने गोविन्द केसीको चेतावनी

वरिष्ठ चिकित्सक एवं स्वास्थ्य शिक्षा सुधारका स्वघोषित अभियान्ता डा गोविन्द केसीले मेडिकल व्यापारी दुर्गा प्रसाईको झापास्थित बिएण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गर्ने सर्वोच्चका न्यायाधीशलाई कारबाही गर्न माग गरेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.