ट्रम्पले इरानमाथि तत्कालका लागि रोके ठूलो सैन्य आक्रमण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप ठूलो सैन्य आक्रमण तत्कालका लागि रोक्न निर्देशन दिएका छन् ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप ठूलो सैन्य आक्रमण तत्कालका लागि रोक्न निर्देशन दिएका छन् ।
द न्युयोर्क टाइम्स र एक्सियोसको समाचारअनुसार ट्रम्पले शुक्रबार आफ्ना वरिष्ठ सल्लाहकार र मन्त्रिपरिषद्का सदस्यहरूसँगको बैठकपछि अमेरिकी सेनालाई नयाँ ठूलो आक्रमण नगर्न आदेश दिएका हुन् ।
समाचारका अनुसार अमेरिकी सैन्य अधिकारीहरूले सैन्य अभियान थप विस्तार गरिए मध्यपूर्वमा तैनाथ अमेरिकी सेनासँग रहेका प्याट्रियट अवरोधक क्षेप्यास्त्र र अन्य हवाई प्रतिरक्षा प्रणालीका हतियारको मौज्दात खतरनाक रूपमा घट्न सक्ने चेतावनी दिएका थिए।
अमेरिकी संयुक्त सेनाका प्रमुख जनरल ड्यान केनले पनि ठूलो सैन्य अभियान अघि बढाउँदा मध्यपूर्वमा रहेका अमेरिकी सैनिक तथा सहयोगी राष्ट्रहरूको सुरक्षामा प्रतिकूल असर पर्न सक्ने सुझाव दिएका थिए।
प्रतिवेदनअनुसार गत अप्रिलको अन्त्यसम्म अमेरिका एक हजार दुई सयभन्दा बढी प्याट्रियट अवरोधक क्षेप्यास्त्र प्रयोग गरिसकेको छ।
एक्सियोसका अनुसार आक्रमण रोक्ने निर्णय अस्थायी हो वा लामो समयसम्म लागू रहने हो भन्ने विषय अझै स्पष्ट भएको छैन। यद्यपि आवश्यक परे अमेरिकी सेना पुनः ठूलो सैन्य अभियान सञ्चालन गर्न पूर्ण रूपमा तयारी अवस्थामा रहने बताइएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.