सुनको मूल्यमा भारी गिरावट

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

Artha Kendra Artha Kendra
शुक्रबार, ८ श्रावण २०८३, ११:३६ AM
फन्ट
सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन तोलाको २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार चाँदी तोलामा १५५ रुपैयाँले घटेर ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार चाँदी तोलाको ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.