दिल्लीका १६ मेट्रो स्टेशन अर्को सूचना नभएसम्म बन्द

भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा ककरोच जनता पार्टीको आव्हानमा जारी प्रदर्शनका कारण दिल्लीमा १६ वटा मेट्रो स्टेशन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।

Artha Kendra Artha Kendra
बुधबार, ६ श्रावण २०८३, ३:३४ PM
फन्ट
दिल्लीका १६ मेट्रो स्टेशन अर्को सूचना नभएसम्म बन्द

काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा ककरोच जनता पार्टीको आव्हानमा जारी प्रदर्शन का कारण दिल्लीका १६ वटा मेट्रो स्टेशन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।

दिल्ली मेट्रो रेल निगम (DMRC) ले सुरक्षा कारणले ती स्टेशनहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको हो।

निगमका अनुसार लोक कल्याण मार्ग, राजीव चौक, पटेल चौक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सर्वोच्च अदालत, सेवा तीर्थ, जनपथ, मण्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोर बाग र शिवाजी स्टेडियम स्टेशन बन्द रहनेछन्।

यद्यपि, राजीव चौक, मण्डी हाउस र केन्द्रीय सचिवालय स्टेशनमा यात्रुहरूले मेट्रो लाइन परिवर्तन (इन्टरचेन्ज) गर्ने सुविधा भने यथावत् उपलब्ध रहने दिल्ली मेट्रो रेल निगम ले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.