सुनको भाउ रेकर्ड मूल्यबाट घटेन, दोस्रो दिन पनि स्थिर

मंगलबार, २९ फाल्गुण २०८०, १२:४१ PM
post-image

काठमाडाैं, २९ फागुन । नेपाली बजारमा सुनको भाउ लगातार दोस्रो दिन पनि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ लाख २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ कायम छ ।

यसअघि आइतबार र सोमबार पनि सुनको सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ७५ रुपैयाँ रहेको थियो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}