विश्वकप २०२६: सहभागी नभए पनि चीनले उठायो ठूलो आर्थिक लाभ
स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेसँगै प्रतियोगिता सम्पन्न भएको छ।
काठमाडौं, ४ साउन । स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेसँगै प्रतियोगिता सम्पन्न भएको छ। तर, प्रतियोगितामा सहभागी हुन नसकेको चीन भने यस विश्वकपबाट सबैभन्दा बढी आर्थिक लाभ उठाउने देशमध्ये एक बनेको छ।
विश्वकपका लागि छनोट हुन नसके पनि चिनियाँ कम्पनीहरूले जर्सी, खेल पोसाक, खेल सामग्री तथा अन्य व्यापारिक वस्तुको उत्पादन र निर्यातमार्फत उल्लेखनीय आम्दानी गरेका छन्। विश्वभर खेलकुद सामग्रीको माग बढेसँगै उनीहरूको कारोबारमा पनि उल्लेख्य वृद्धि भएको हो।
साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै चीनको जियाङ्सी प्रान्तस्थित गार्मेन्ट निर्यातकर्ता झेङ जियीले विश्वकपको अन्तिम चरणमा पुगेपछि विभिन्न टोलीका जर्सीहरूको माग उल्लेखनीय रूपमा बढेको बताए। उनका अनुसार पछिल्ला केही महिनामा जर्सीको बिक्री ६० प्रतिशतले वृद्धि भएको छ। बढ्दो मागका कारण यस वर्ष उनको व्यवसाय युरोपेली बजारसम्म विस्तार भएको उनले जानकारी दिए।
हाल युरोप चिनियाँ खेलकुद सामग्रीको महत्वपूर्ण बजारका रूपमा उदाइरहेको छ। यद्यपि मूल्यका आधारमा दक्षिण तथा पूर्वी एसिया अझै पनि सबैभन्दा ठूलो बजार रहेको छ भने त्यसपछि दक्षिण अमेरिकी मुलुकहरू पर्छन्। यी क्षेत्रहरूमा ठूलो परिमाणमा कम नाफामा सामान निर्यात हुने भए पनि युरोपेली ग्राहकहरू उच्च मूल्य तिर्न तयार रहने भएकाले बढ्दो ढुवानी लागतसमेत व्यवस्थापन गर्न सहज भएको चिनियाँ निर्यातकर्ताहरू बताउँछन्।
चिनियाँ भन्सार विभागका अनुसार खेलकुद सामग्रीको निर्यात जुन महिनामा २७ प्रतिशतले बढेको छ भने चालु वर्षको पहिलो ६ महिनामा १७.६ प्रतिशत वृद्धि भएको छ। विश्वकपका कारण खेलकुद सामग्रीको विश्वव्यापी माग बढेकाले निर्यातमा सकारात्मक प्रभाव परेको अधिकारीहरूको भनाइ छ।
हाल चीन विश्वकै सबैभन्दा ठूलो खेलकुद सामग्री निर्यातकर्ता हो। विश्वव्यापी खेलकुद सामग्री निर्यातमा यसको हिस्सा ४० प्रतिशतभन्दा बढी रहेको छ। यस वर्षको पहिलो ६ महिनामा चीनले ६७.५३ अर्ब युआन (करिब ९.९७ अर्ब अमेरिकी डलर) बराबरका खेलकुद सामग्री तथा उपकरण निर्यात गरेको तथ्यांकले देखाएको छ।
सन् २००२ यता चीन विश्वकपका लागि छनोट हुन सकेको छैन। तर प्रतियोगितामा सहभागी धेरै राष्ट्रिय टोलीहरूले प्रयोग गर्ने जर्सी, खेल पोसाक तथा अन्य किटहरू चीनमै उत्पादन हुने गरेका छन्। यसले विश्व फुटबल उद्योगमा चीनलाई प्रमुख उत्पादन केन्द्रका रूपमा स्थापित गरेको छ।
यसैबीच, आयोजक रंगशालाहरूमा पनि चिनियाँ कम्पनीहरूको बलियो उपस्थिति देखिएको छ। इलेक्ट्रोनिक्स कम्पनी हाइसेन्स र दुग्धजन्य पदार्थ उत्पादक मेङन्युले प्रतियोगिताभर आफ्ना ब्रान्डको व्यापक प्रचारप्रसार गरेका थिए।
सम्पादकीय सूचना: यसअघि प्रकाशित समाचारमा फिफा विश्वकप २०२६ को विजेता टोली गल्तीवश अर्जेन्टिना उल्लेख भएको थियो। वास्तविक विजेता स्पेन रहेको छ। उक्त त्रुटिलाई सच्याउँदै हामी पाठकहरूसँग क्षमायाचना गर्दछौं।
Comments
6 comments · join the conversation
Anup
·How do you publish controversal news that Arjentina win the final world cup 2026. Before news published you should be check into right or wrong news. Every body know Spain has win the final world cup 2026. So you should emediatly rectify the controvesal news abount world cup.
Maximum
·So sad Letha payooo bhandai ma j payoo Tehi Letha ta milena ni hammro nepalko media bhanne ki gudiyaaaa India ko jasto Headline nai 1 class pani naPadheko manchele lethal jasto so sad karbahiiii garnuuu parcha aba yooo prakasannnn garnelaiiiii………
Birendra Prakash D.C.
·अर्जेन्टिनाले जितेको होइन । स्पेनले हो विश्वकप जितेको । यत्ति पनि थाहा नपाउने कस्तो झल्लु रहेछ पत्रुकार
किरण
·वर्ल्ड कप कस्ले जितेको पनि थाहा छैन नेपाली मिडियालाइ थुक्क
Suman Ghimire
·ओए भेन्चोद अर्जेन्टिनाले वर्ल्डकप जितेको हो २०२६ काे हेर्दो रैछस् फुटबल 😂😂
Parash
·Argentina le Upadhi jityo re? Kun years ko Fifa ko kura gareko ho? What a news yae😂😂
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.