विश्वकपको रौनकमा स्पेनको शाही परिवार, फाइनल हेर्न स्टेडियम जादै
फिफा विश्वकपको उपाधिका लागि आजराति हुने अर्जेन्टिना र स्पेनबीचको बहुप्रतीक्षित फाइनल खेल हेर्न स्पेनको शाही परिवार अमेरिकाको न्यू जर्सी पुग्ने भएको छ ।
काठमाडौँ । फिफा विश्वकपको उपाधिका लागि आजराति हुने अर्जेन्टिना र स्पेनबीचको बहुप्रतीक्षित फाइनल खेल हेर्न स्पेनको शाही परिवार अमेरिकाको न्यू जर्सी पुग्ने भएको छ ।
स्पेनको शाही दरबारका अनुसार राजा फेलिप छैटौँ, रानी लेतिसिया तथा राजकुमारी लियोनोर र सोफिया फाइनल खेल प्रत्यक्ष हेर्न मैदानमा उपस्थित हुनेछन् । स्पेनले दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिँदा शाही परिवारको उपस्थितिले टोलीको मनोबल थप उच्च हुने अपेक्षा गरिएको छ ।
यसअघि टेक्सासमा भएको सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । पहिलो हाफमा मिकेल ओयारजाबालले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा पेड्रो पोरोले अर्को गोल थप्दै जित सुनिश्चित गरेका थिए । दुई पटकको विश्वविजेता फ्रान्सले खेलमा पुनरागमन गर्ने प्रयास गरे पनि गोल गर्न सकेन ।
सेमिफाइनलपछि स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले टोलीको सफलताको श्रेय विगत करिब चार वर्षदेखि निरन्तर अपनाइएको रणनीति, खेलाडीहरूको समर्पण र उत्कृष्ट टोलीगत प्रदर्शनलाई दिएका थिए ।
स्पेन सन् २०१० पछि दोस्रो पटक विश्वकप उपाधि जित्ने अभियानमा छ भने साविक विजेता अर्जेन्टिना लगातार दोस्रो उपाधि उचाल्ने लक्ष्यमा रहेको छ। फाइनलमा विश्व फुटबलका दुई फरक शैली भएका टोलीबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
स्पेनसँग युवा स्टार लामिन यमाल छन् भने अर्जेन्टिनाको नेतृत्व अनुभवी कप्तान लियोनेल मेसीले गरिरहेका छन् । यी दुई टोलीबीच यसअघि दोहामा आयोजना हुने तय भएको फाइनलिसिमा प्रतियोगिता पश्चिम एसियामा जारी युद्धका कारण हुन सकेको थिएन । अब भने दुवै टोली विश्वकपको उपाधिका लागि आमनेसामने हुँदैछन् ।
स्पेनका राजा फेलिप यसअघि जुन महिनामा मेक्सिको पुगेर स्पेन र उरुग्वेबीचको समूह चरणको खेल पनि प्रत्यक्ष हेरेका थिए । त्यस खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गरेको थियो। शाही परिवार विभिन्न सार्वजनिक कार्यक्रम र खेलकुद प्रतियोगितामा नियमित रूपमा सहभागी हुँदै आएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.