विश्वकप विजेताले यसपटक ट्रफीसँगै विशेष च्याम्पियन औँठी पनि पाउने

फिफा विश्वकप फुटबलको विजेता टोलीले यसपटक ऐतिहासिक ट्रफी र स्वर्ण पदकसँगै विशेष रूपमा तयार गरिएको च्याम्पियन औँठी पनि प्राप्त गर्ने भएको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, १ श्रावण २०८३, ९:० PM
फन्ट
विश्वकप विजेताले यसपटक ट्रफीसँगै विशेष च्याम्पियन औँठी पनि पाउने

काठमाडौँ । फिफा विश्वकप फुटबलको विजेता टोलीले यसपटक ऐतिहासिक ट्रफी र स्वर्ण पदकसँगै विशेष रूपमा तयार गरिएको च्याम्पियन औँठी पनि प्राप्त गर्ने भएको छ ।

फिफाका अनुसार प्रतियोगिताको इतिहासमै पहिलो पटक यस्तो सम्मान प्रदान गर्न लागिएको हो । अमेरिकी खेल संस्कृतिको पुरानो परम्पराबाट प्रेरित भएर सुरु गरिएको यो व्यवस्थाअनुसार न्युजर्सी रङ्गशालामा हुने अर्जेन्टिना र स्पेनबीचको फाइनलपछि विजेता टोलीलाई विशेष औँठी प्रदान गरिनेछ ।

विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यसहित अर्जेन्टिना फाइनलमा उत्रँदैछ । सेमिफाइनलमा उसले इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । यता, स्पेनले फ्रान्सलाई २–० ले हराउँदै सन् २०१० पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाएको हो । 

फिफाले प्रतियोगिताको सम्झनाका लागि कुल २ हजार २६ वटा विशेष औँठी तयार गरेको जनाएको छ । तीमध्ये ३० वटा औँठी विजेता टोलीका खेलाडी, प्रशिक्षक र टोलीका सदस्यका लागि सुरक्षित राखिनेछन् भने बाँकी १ हजार ९ सय ९६ वटा औँठी आधिकारिक उत्पादनका रूपमा विश्वभरका समर्थकका लागि बिक्री गरिनेछ । प्रत्येक औँठीको एकातर्फ विश्वकप ट्रफीको आकृति रहनेछ भने अर्कोतर्फ विजेता टोलीको पहिचान झल्किने विशेष डिजाइन रहनेछ । सबै औँठीमा छुट्टै क्रम संख्या अंकित हुनेछ र खेलाडीको औँलाको नापअनुसार तयार गरिनेछ । साथै, प्रत्येक औँठीसँग आधिकारिक प्रमाणपत्र पनि प्रदान गरिने फिफाले जनाएको छ ।

फाइनल सकिएलगत्तै भने खेलाडीहरूले स्थायी औँठी प्राप्त गर्ने छैनन् । पुरस्कार वितरण समारोहमा विजेता टोलीका कप्तान र मुख्य प्रशिक्षकलाई अस्थायी औँठी प्रदान गरिनेछ । त्यसपछि प्रत्येक खेलाडीको औँलाको नापअनुसार तयार पारिएको वास्तविक औँठी आधिकारिक रूपमा हस्तान्तरण गरिनेछ । यसरी विश्वकप विजेताले पहिलो पटक ट्रफी, स्वर्ण पदक र विशेष च्याम्पियन औँठी एकैसाथ प्राप्त गर्ने ऐतिहासिक अवसर पाउनेछन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.