नेप्सेमा उल्लेखनीय सुधार, परिसूचक ७९.७४ अंकले उकालो लाग्दा कारोबार ४ अर्ब ५७ करोड

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उल्लेखनीय सुधार देखिएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, १ श्रावण २०८३, ३:२० PM
फन्ट
नेप्सेमा उल्लेखनीय सुधार, परिसूचक ७९.७४ अंकले उकालो लाग्दा कारोबार ४ अर्ब ५७ करोड

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उल्लेखनीय सुधार देखिएको छ। साताको अन्तिम कारोबार दिन नेप्से ७९.७४ अंक (३.०६ प्रतिशत) ले बढेर २,६७७.५४ बिन्दुमा पुगेको हो।

कारोबार रकम पनि उल्लेख्य बढ्यो

आज ३३५ कम्पनीका १ करोड ३ लाख ८९ हजार कित्ता सेयर ५८ हजार ९४ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँ पुगेको छ।

आज कारोबार भएका कम्पनीमध्ये २५९ कम्पनीको सेयर मूल्य बढेको, १३ कम्पनीको घटेको२ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबारका क्रममा दुई कम्पनी सकारात्मक सर्किटमा पुगे भने एक कम्पनी नकारात्मक सर्किटमा कारोबार भयो।

म्युचुअल फन्डबाहेक सबै उपसमूह उकालो

तेह्र उपसमूहमध्ये म्युचुअल फन्ड मात्रै ०.२९ प्रतिशत ले घट्यो। बाँकी सबै उपसमूह हरियालीमा रहे।

सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह ४.६० प्रतिशत ले बढ्यो। त्यसपछि जलविद्युत् ४.५८ प्रतिशत, लगानी ४.१२ प्रतिशत, होटल तथा पर्यटन ३.६६ प्रतिशतवित्त ३.३९ प्रतिशत ले उकालो लागे। तुलनात्मक रूपमा व्यापार समूह ०.८३ प्रतिशतलघुवित्त १.८० प्रतिशत ले मात्र वृद्धि दर्ज गरे।

श्रीनगर एग्रिटेक सबैभन्दा धेरै बढ्यो

आज श्रीनगर एग्रिटेक इन्डस्ट्रिज (SAIL) को सेयर मूल्य १५ प्रतिशत ले बढेर ९६३ रुपैयाँ ७० पैसा पुगेपछि सर्वाधिक बढ्ने कम्पनी बन्यो। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक (SKHEL) १४.८३ प्रतिशत ले बढेर १,००४ रुपैयाँ पुगेको छ भने शिखर पावर डेभलपमेन्ट (SIPD) १२.५४ प्रतिशत ले बढेर ६२९ रुपैयाँमा बन्द भयो।

आत्मनिर्भर लघुवित्तमा सबैभन्दा बढी गिरावट

घट्ने कम्पनीतर्फ आत्मनिर्भर लघुवित्त वित्तीय संस्था (ANLB) को सेयर मूल्य १५ प्रतिशत ले घटेर ६,१२० रुपैयाँमा झर्‍यो। हिमालयन एभरेस्ट इन्स्योरेन्स प्रोमोटर (HEIP) ९.५२ प्रतिशतफर्स्ट माइक्रो फाइनान्स (FMDBL) ८.७२ प्रतिशत ले घटेका छन्।

कारोबार रकम र कित्तामा आँखुखोला अग्रस्थानमा

आज आँखुखोला जलविद्युत् (AKJCL) को २२ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन दिनकै सबैभन्दा धेरै हो। यही कम्पनीको ६ लाख १९ हजार ७४० कित्ता सेयर कारोबार भई कित्ताका आधारमा पनि पहिलो स्थानमा रह्यो।

कारोबार रकमका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक (CORBL) १७ करोड ७३ लाख रुपैयाँसहित दोस्रो र रिलायन्स स्पिनिङ मिल्स (RSML) १५ करोड ६० लाख रुपैयाँसहित तेस्रो स्थानमा रहे।

त्यसैगरी, कारोबार संख्या (ट्रेड) का आधारमा सानीगाड हाइड्रो (SGHL) को सेयर सबैभन्दा धेरै २,०१३ पटक किनबेच भएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.