नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं, २९ फागुन । नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि बुधबार फागुन ३० गते बुक क्लोज गर्दैछन् ।
यस कम्पनीको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ ।नेसनल लघुवित्तले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।
उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा धुलिखेल लज रिसोर्ट धेलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।