विन नेपाल लघुवित्तको साधारण सभा आज बस्दै

मंगलबार, २९ फाल्गुण २०८०, ११:६ AM
post-image

काठमाडाैं, २९ फागुन । विन नेपाल लघुवित्तको लाभांश विनानै वार्षिक साधारण सभा आज बस्दै छ ।

यस कम्पनीले सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा र साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ । तर्सथ, फागुन ३ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । सभा होटल उग्रचण्डी, बनेपामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}