इंग्ल्यान्डलाई पुनरागमन जितले स्तब्ध पार्दै अर्जेन्टिना विश्वकप फाइनलमा

साविक विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन जित निकाल्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ।

Artha Kendra Artha Kendra
बुधबार, ३१ असार २०८३, ३:३ AM
फन्ट
इंग्ल्यान्डलाई पुनरागमन जितले स्तब्ध पार्दै अर्जेन्टिना विश्वकप फाइनलमा

काठमाडौं, ३२ असार । साविक विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन जित निकाल्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ।

एटलान्टा स्टेडियममा बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै उपाधि रक्षा गर्ने अभियानलाई निरन्तरता दिएको हो। खेलको पहिलो गोल गर्दै इंग्ल्यान्डले अग्रता लिए पनि अर्जेन्टिनाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै अन्तिम समयमा लगातार दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। लियोनल मेस्सीले दुवै गोलमा निर्णायक असिस्ट गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेले। 

खेलमा अर्जेन्टिनाको पूर्ण दबाब

स्कोरलाइन २–१ भए पनि खेलका अधिकांश तथ्यांक अर्जेन्टिनाकै पक्षमा देखिए।

  • बल नियन्त्रण (Possession): अर्जेन्टिना ६४%, इंग्ल्यान्ड ३६%

  • कुल प्रहार (Shots): अर्जेन्टिना १४, इंग्ल्यान्ड ६

  • लक्ष्यमा प्रहार (Shots on Target): अर्जेन्टिना ६, इंग्ल्यान्ड ३

  • पास संख्या: अर्जेन्टिना ५७८, इंग्ल्यान्ड ३३१

  • पास सफलताको दर: अर्जेन्टिना ९३%, इंग्ल्यान्ड ८४%

  • कर्नर: अर्जेन्टिना ६, इंग्ल्यान्ड १

यद्यपि खेल निकै प्रतिस्पर्धात्मक रह्यो। इंग्ल्यान्डले ११ फाउल र एक पहेंलो कार्ड पाउँदा अर्जेन्टिनाले १५ फाउल तथा तीन पहेंलो कार्ड बेहोरेको थियो। दुवै टोलीबाट कुनै खेलाडीले रातो कार्ड भने पाएनन्।

यस जितसँगै अर्जेन्टिनाले अब उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो। अब विश्व फुटबलका दुई शक्तिशाली टोलीबीच उपाधिका लागि हुने भिडन्तले विश्वभरका समर्थकको ध्यान तानेको छ। 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

ST

Surya Tripathi

·

4 Ota star आउने बेलामा 2 ओटा मात्रै लगायेको छ 🙄