सुनचाँदीको मुल्य बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

Artha Kendra Artha Kendra
बुधबार, ३१ असार २०८३, १२:४ PM
फन्ट
सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ८ सय रुपैयाँ पुगेको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.