स्पेन विश्वकपको फाइनलमा, फ्रान्स २–० ले पराजित
स्पेनले विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ।
काठमाडौं । स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको टेक्सासस्थित एटी एण्ड टी स्टेडियममा मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै उपाधिनजिक पुगेको हो।
खेलको २२औँ मिनेटमा मिकेल ओयारजाबालले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। युवा स्टार लामिन यामाललाई फ्रान्सका डिफेन्डर लुकास डिनले पेनाल्टी क्षेत्रमा फल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो, जसलाई ओयारजाबालले सहजै गोलमा परिणत गरे।
दोस्रो हाफमा पनि स्पेनले खेलमाथिको नियन्त्रण कायम राख्यो। फ्रान्सले कप्तान किलियन एमबाप्पेको नेतृत्वमा बराबरी गर्ने प्रयास गरे पनि स्पेनको सुदृढ रक्षापंक्ति र गोलरक्षकले सबै प्रयास विफल बनाए। खेलको अन्त्यतिर पेड्रो पोरोले अर्को गोल थप्दै स्पेनको जित सुनिश्चित गरे।
यस जितसँगै स्पेन विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। अब स्पेनले फाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा बुधबार राति इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिना आमनेसामने हुँदैछन्। यस खेलको विजेताले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले फ्रान्ससँग तेस्रो स्थानका लागि खेल्नेछ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.