धितोपत्र बोर्डले सार्बजनिक गर्यो पूँजी बजार सुधारका आठ प्राथमिकता
नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३/८४ का लागि पूँजी बजार विकास तथा सुधारका प्राथमिकता सार्वजनिक गर्दै लगानीकर्ता संरक्षण, बजारको पारदर्शिता र नियामकीय व्यवस्थालाई थप प्रभावकारी बनाउने घोषणा गरेको छ।
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३/८४ का लागि पूँजी बजार विकास तथा सुधारका प्राथमिकता सार्वजनिक गर्दै लगानीकर्ता संरक्षण, बजारको पारदर्शिता र नियामकीय व्यवस्थालाई थप प्रभावकारी बनाउने घोषणा गरेको छ।
बोर्डले धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धानमा सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउनले लगायतका सामाजिक सञ्जालमार्फत बजारलाई प्रभावित पार्ने गतिविधि, अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार तथा वित्तीय ठगीविरुद्ध कडा नियामकीय निगरानी गरिने जनाएको छ ।
बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासनलाई थप व्यवस्थित बनाउन नीतिगत सुधार गर्दै कम्पनीको वित्तीय तथा व्यवस्थापकीय अवस्थाको वस्तुगत मूल्याङ्कनपछि मात्र अनुमति दिने व्यवस्था लागू गर्ने जनाएको छ ।
मार्जिन कारोबारसम्बन्धी निर्देशिका जारी भइसकेको उल्लेख गर्दै बोर्डले त्यसको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ र धितोपत्र दलाल व्यवसायीबीच समन्वय गरी यथाशीघ्र सञ्चालन व्यवस्था मिलाइने जनाएको छ ।
बोर्डका आठ प्राथमिकता:
१- धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझ सम्बन्धमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाईनेछ,
२- लगानीकर्ता सुरक्षालाई प्राथमिकता दिई Finfluencers हरूबाट धितोपत्र बजारलाई प्रभावित पार्ने गरी सूचना प्रवाह भएको विषय तथा अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार, सामाजिक सञ्जालमार्फत हुने बजार प्रभावित गर्ने गतिविधि तथा वित्तीय ठगी विरुद्धका कार्यहरू उपर प्रभावकारी नियामकीय निगरानी गरिनेछ,
३- सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउनका लागि सरोकारवाला पक्षहरूबाट प्राप्त सुझाव समेतलाई समेटी नीतिगत व्यवस्थामा सुधार गरी कम्पनीको वित्तीय एवम् व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन गरी अनुमति दिने व्यवस्था मिलाईनेछ,
४- बोर्डबाट मार्जिन कारोबार सम्बन्धी निर्देशिका जारी भैसकेकोमा उक्त कारोबारको कार्यान्वयनको अवस्था तथा सो सञ्चालनमा केही सीमितता देखिएमा बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लिरिङ्ग लि. तथा धितोपत्र दलाल व्यवसायी बीच समन्वय कायम गरी यथाशीघ्र सञ्चालन व्यवस्था मिलाईनेछ,
५- सूचीकरण पश्चातको कारोवारमा हुने धितोपत्रको माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लकइन अवधि र बाँडफाँट सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिनेछ, लगानीकर्ताहरूको कारोबार लागतमा कमी ल्याउने गरी प्राथमिक तथा दोस्रो बजार शूल्कमा पुनरावलोकन गरिनेछ,
६- नेप्से सूचकाङ्कलाई All Equity Index को रूपमा कायम राखी कारोवारयोग्य शेयरहरू (Free Float Shares) को आधारमा नयाँ सूचकांक विकास गरी त्यसलाई Benchmark सूचकाङ्क गणना गर्ने व्यवस्था मिलाईनेछ,
७- सामाजिक सञ्चालको प्रयोग गरी सर्वसाधारण लगानीकर्ताबाट प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) अघि संगठित संस्थाहरूबाट हुने पूँजी संकलन सम्बन्धमा अपनाइएको व्यवहारलाई नियमन व्यवस्था मिलाईनेछ ।
८- सूचीकरणपछि धितोपत्रको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लकइन अवधि तथा बाँडफाँटसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ। साथै, लगानीकर्ताको कारोबार लागत घटाउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारका शुल्कसमेत पुनरावलोकन गरिने बोर्डले जनाएको छ।
बोर्डले यी सुधारसँगै नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी, प्रतिस्पर्धी, समावेशी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने लक्ष्य राखेको जनाएको छ । यसका लागि आगामी दशकको नेपालको पूँजी बजार विकास मार्गचित्र- २०८३ तथा आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति र कार्यान्वयन कार्ययोजना बोर्डको वेबसाइटमार्फत सार्वजनिक गरिने जानकारी दिइएको छ ।
Comments
2 comments · join the conversation
Hoshnarayan Sah
·Very good Aab bajaar sudhrin xaa ki...?
Mk gyanendra
·Short selling lagayet intraday jasta changes haru k yo shrwan bata lagu hola ta ................?
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.