बाढीको मौका छोपी ९०० भन्दा बढी सर्प भाग्दा चीनमा फैलियो त्रास
चीनको ग्वाङसी प्रान्तमा आएको बाढी ले स्थानीय बासिन्दाका लागि नयाँ र गम्भीर चुनौती खडा गरेको छ।
बेइजिङ, २९ असार । चीनको ग्वाङसी प्रान्तमा आएको बाढी ले स्थानीय बासिन्दाका लागि नयाँ र गम्भीर चुनौती खडा गरेको छ।
लगातारको मुसलधारे वर्षा र जताततै जमेको पानीका कारण मानिसहरूलाई घरबाहिर निस्कन कठिनाइ भइरहेको छ।
यसैबीच, बाढीको पानीमा पौडिरहेका सयौं सर्पहरू स्थानीय बासिन्दाका लागि त्रासको कारण बनेका छन्। ग्वाङसीका बाढीग्रस्त क्षेत्रहरूमा जताततै सर्पहरू देखिनु निकै आश्चर्यजनक र चिन्ताजनक विषय बनेको छ। प्राप्त विवरणहरू अनुसार, किङ कोब्राजस्ता धेरै खतरनाक र विषालु प्रजातिसहित ९०० भन्दा बढी सर्पहरू बाहिर निस्किएका छन्। प्रशासनले सम्पूर्ण क्षेत्रमा उच्च सतर्कता जारी गरेको छ र बाढी प्रभावित क्षेत्रहरूमा अत्यन्त सावधानी अपनाउन मानिसहरूलाई आग्रह गरेको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार, ग्वाङसी क्षेत्रमा आएको बाढीका कारण सर्प पालन गर्ने धेरै फार्महरू डुबानमा परेका थिए, जसले गर्दा ठूलो संख्यामा सर्पहरू वरपरका क्षेत्रमा फैलिएका छन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूमा बाढीको पानीमा सर्पहरू पौडिरहेको देखिन्छ। कतिपय ठाउँमा मानिसहरू घुँडा वा कम्मरसम्म आउने पानीमा पसेर सर्प समात्ने प्रयास गरिरहेका देखिन्छन् भने उद्धार टोलीहरू पनि तिनलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन निरन्तर खटिरहेका छन्।
यसैबीच, एक महिलालाई सर्पले टोकेको थियो, तर बाढीका कारण सडक अवरुद्ध हुँदा समयमै अस्पताल पुर्याउन नसकिएकाले उनको मृत्यु भयो।
यो उल्लेखनीय छ कि ग्वाङसीमा करिब ३ करोड सर्पहरू पालिन्छन्। यी सर्पहरू परम्परागत औषधि, छालाका सामग्री र मासुका लागि प्रयोग गरिन्छन्। हालै जारी गरिएको एक विज्ञप्तिमा क्षेत्रीय प्रशासनले बाढीको पानीले धेरै गाउँहरू डुबानमा परेपछि विभिन्न जलाशय र सडकहरूमा सर्पहरू देखिएको र तिनलाई नियन्त्रणमा लिन विशेष टोलीहरू परिचालन गरिएको जनाएको छ।
बाढीका कारण करिब १ लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। राहत तथा उद्धार कार्यका लागि ८ हजारभन्दा बढी जनशक्ति र करिब ५ हजार ७ सय डुङ्गा परिचालन गरिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.