जेनजी अभियन्ता माजिद अन्सारीको गृहमन्त्रीलाई प्रश्न- मलाई किन पक्राउ गरियो ?
जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट बिनाकारण र बिनापक्राउ पुर्जी पक्राउ गरिएको भन्दै गृहमन्त्री सुदन गुरुङसँग प्रश्न सोधेका छन् ।
काठमाडौँ । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट बिनाकारण र बिनापक्राउ पुर्जी पक्राउ गरिएको भन्दै गृहमन्त्री सुदन गुरुङसँग प्रश्न सोधेका छन्।
अन्सारीले गत असार २७ गते शनिबार साँझ करिब ५ बजे १०–१२ जना प्रहरीले आफूलाई लछारपछार गर्दै कुटपिट गरेको र गम्भीर घाइते बनाएको दाबी गरेका छन्। हाल आफ्नो उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइरहेको उनले बताएका छन्।
उनले आफूलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म कुनै जानकारी नदिइएको र पक्राउका क्रममा कुनै पक्राउ पुर्जीसमेत नदेखाइएको बताएका छन्। पक्राउको कानुनी आधारबारे समेत स्पष्ट जानकारी नदिइएको उनको भनाइ छ।
उनले भनेका छन्, "मेरो पक्राउको कानुनी हैसियतबारे कुनै स्पष्टता छैन। गृहमन्त्री वा प्रहरी प्रमुखले यी सबै गैरकानुनी कारबाहीहरू किन लक्षित रूपमा मविरुद्ध गरिए भन्ने स्पष्ट पार्न सक्नुहुन्छ?"
उनले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षाका लागि सम्बन्धित सरकारी निकाय, संघीय संसद्का सदस्यहरू, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकहरूलाई पहल गर्न आग्रह गरेका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.