गोर्खाज फाइनान्सको चैत २ गते साधारण सभा, यस्ता छन् एजेन्डा

सोमबार, २८ फाल्गुण २०८०, ६:२२ PM
post-image

काठमाडौं, २८ फागुन । गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।

सभा चैत २ गते अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बित्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने लगायतका एजेण्डा पनि राखिएको छ।

 सभा प्रयोजनार्थ कम्पनीले फागुन १८ गते बुक क्लोज गरिसकेको छ । फागुन १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}