होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित बालकलाई हर्क साम्पाङले ५० हजार सहयोग गर्ने घोषणा

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित बालकलाई व्यक्तिगत रूपमा ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

Artha Kendra Artha Kendra
आइतबार, २८ असार २०८३, १२:३० PM
फन्ट
होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित बालकलाई हर्क साम्पाङले ५० हजार सहयोग गर्ने घोषणा

काठमाडौँ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित बालकलाई व्यक्तिगत रूपमा ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत साम्पाङले वर्तमान सरकारले उनीहरूलाई बेघर बनाएको बताउदै सहयोगको घोषणा गरेका हुन् । 

उनले भनेका छन्- 'यो बालकलाई मैले मेरो व्यक्तिगत तर्फबाट ५० हजार सहयोग गर्ने भएँ ! तिम्लाई यो सरकारले दिएको चोटमा मेरो तर्फबाट सानो मलमपट्टी ! तिमी रुँदा तिमी सङ्गै रुन सकिंन भनें ! के अर्थ भो र दु:खमा तिम्रो हुन सकिंन भनें !'

कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी शनिबार बिहान बाढी पसेपछि डुबानमा परेका थिए । 

उनले अहिलेको नेतृत्वले सुकुम्बासीलाई बेघर बनाएको आरोप लगाउँदै नागरिकलाई सही नेतृत्व चिन्न आग्रह गरेका छन् । साथै, बालबालिकाको भविष्य जोगाउन सके मात्र देशको भविष्य सुरक्षित हुने भन्दै सुकुम्बासीको पीडाप्रति संवेदनशील बन्न सबैसँग अपिल गरेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.