विष्णु पौडेललाई थुनामा राख्न पाँच दिन म्याद थप

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतले म्याद थप गरेको छ ।

Artha Kendra Artha Kendra
बुधबार, २४ असार २०८३, ५:३६ PM
फन्ट
विष्णु पौडेललाई थुनामा राख्न पाँच दिन म्याद थप

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतले म्याद थप गरेको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई बुधबार विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासबाट अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न म्याद थप भएको हो ।

असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई शुरुमा सात दिनको म्याद दिइएकोमा त्यसपछि असार १५ गते ३ दिनको र असार १८ गते ६ दिनको म्याद थप भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.