बजारको अधिक तरलता तान्न राष्ट्र बैंकको नयाँ कदम, आज २० अर्ब रुपैयाँको ऋणपत्र जारी हुँदै
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ नामक ऋणपत्र अनलाइन बोलकबोलमार्फत बिक्रीमा ल्याउन लागेको हो।
काठमाडौं, २४ असार । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ नामक ऋणपत्र अनलाइन बोलकबोलमार्फत बिक्रीमा ल्याउन लागेको हो।
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको अवधि एक वर्ष रहनेछ र यसको साँवा २०८४ असार २४ गते भुक्तानी गरिनेछ। ऋणपत्रमा प्राप्त हुने ब्याज भने अर्धवार्षिक रूपमा वितरण गरिने व्यवस्था गरिएको छ।
यस ऋणपत्रको बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले ब्याजदर उल्लेख गरी प्रतिस्पर्धात्मक बोलकबोल गर्नुपर्नेछ भने आवश्यक परे फरक–फरक ब्याजदरमा पनि आवेदन दिन सक्नेछन्।
केन्द्रीय बैंकले ऋणपत्रको अन्तिम ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने जनाएको छ। बोलकबोल आज दिउँसो ३ बजे अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ।
राष्ट्र बैंकका अनुसार प्राप्त बोलपत्रलाई प्रस्तावित ब्याजदरको न्यूनतमदेखि उच्चतम क्रमसम्म मिलाइनेछ। त्यसपछि आह्वान गरिएको कुल रकम वा समितिले निर्धारण गरेको बाँडफाँड रकमसम्म पुग्ने बिन्दुमा कायम हुने ब्याजदरलाई ‘एकल ब्याजदर’ मानिनेछ। सोही दर र त्यसभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सहभागी संस्थालाई उक्त एकल ब्याजदरमै ऋणपत्र बिक्री गरिने व्यवस्था रहेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.