हर्क साम्पाङको चेतावनी- संबिधानका आधारभूत तीन कुरामा परिवर्नत गरे देश दुर्घटनामा पर्छ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानका आधारभूत तीन कुरामा परिवर्नत गरे देश दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानका आधारभूत तीन कुरामा परिवर्नत गरे देश दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले संबिधानका तीन आधारभूत कुरा संघियता, समावेशी र धर्मनिरपेक्षतालाई तलमाथि गरेमा देश दुर्घटनामा पर्ने चेतावनी दिएका हुन् ।
उनले भने- 'संविधानका संशोधन गर्नुपर्छ भन्ने कुराहरुमा कुराकानी भैरहेका छन् । संविधानका आधारभूत तीन कुरा संघियता, समावेशी र धर्मनिरपेक्षतालाई तलमाथि हुनेगरि दखलअन्दाजी गर्न खोजियो भने फेरी देशमा दुर्घटना हामीले जानेर वा नजानेर दुर्घटना निम्त्याउन पुग्नछौं ।'
साथै उनले त्यसो गरिएमा विगतमा भएका गल्ति दोहोरिने चेतावनी दिदै संबिधान संशोधनमा सजक हुन आग्रह गरेका छन् । उनले यी तीन कुरा बाहेक अन्यमा के के परिवर्तन गर्ने हो, छलफल गरेर गर्न सकिने बताए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.