विश्वकपको गोल्डेन बुट दौडमा मेसी, एम्बाप्पे र हालान्डबीच कडा प्रतिस्पर्धा

जारी फिफा विश्वकप फुटबलको सबैभन्दा आकर्षक व्यक्तिगत पुरस्कारमध्ये एक गोल्डेन बुटको दौड थप रोचक बनेको छ।

Artha Kendra Artha Kendra
सोमबार, २२ असार २०८३, १:२९ PM
फन्ट
विश्वकपको गोल्डेन बुट दौडमा मेसी, एम्बाप्पे र हालान्डबीच कडा प्रतिस्पर्धा

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको सबैभन्दा आकर्षक व्यक्तिगत पुरस्कारमध्ये एक गोल्डेन बुटको दौड थप रोचक बनेको छ। सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने यो पुरस्कारका लागि विश्व फुटबलका शीर्ष फरवार्डहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ।

यसपटकको विश्वकपमा विशेष नजर फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेमाथि छ। विश्वकपको इतिहासमा कुनै पनि खेलाडीले दुई पटक गोल्डेन बुट जित्न सकेको छैन। सन् २०२२ को विश्वकपमा गोल्डेन बुट जितेका एम्बाप्पेले यस वर्ष पनि उपाधि जित्न सके नयाँ इतिहास रच्नेछन्।

एम्बाप्पेले सेनेगलविरुद्ध दुई गोल गर्दै आफ्नो अभियान उत्कृष्ट रूपमा सुरु गरेका थिए। तर अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थान कब्जा गरेका छन्।

यस्तै, इङ्ग्ल्यान्डका कप्तान ह्यारी केननर्वेका स्ट्राइकर इर्लिङ हालान्ड पनि सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धामा बलिया दाबेदारका रूपमा रहेका छन्। हाल लियोनल मेसी, किलियन एम्बाप्पे र इर्लिङ हालान्ड समान ७–७ गोलसहित शीर्ष स्थानमा छन् भने ह्यारी केन ६ गोलसहित दोस्रो स्थानमा रहेका छन्।

त्यस्तै इङ्ग्ल्यान्डका जुड बेलिङघम, फ्रान्सका उसमान डेम्बेले र स्पेनका मिकेल ओयारजाबाल ४–४ गोलसहित तेस्रो स्थानमा रहेका छन्। यस्तै ब्राजिलका भिनिसियस जुनियर, मेक्सिकोका जुलियन क्यूइनोनेज र सेनेगलका सारले पनि ४–४ गोल गरेका भए पनि उनीहरू विश्वकपबाट बाहिरिएकाले गोल्डेन बुटको दौडबाट पनि बाहिरिएका छन्।

प्रतियोगिता अघि बढ्दै जाँदा मेसी, एम्बाप्पे, हालान्ड र केनबीचको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

गोल्डेन बुट विजेता निर्धारण गर्ने फिफाको नियमअनुसार सर्वप्रथम गोलको संख्या हेरिन्छ। यदि दुई वा बढी खेलाडीको गोल बराबर भएमा सर्वाधिक असिस्ट गर्ने खेलाडीलाई अगाडि राखिन्छ। असिस्ट पनि बराबर भए सबैभन्दा कम समय मैदानमा खेलेको खेलाडीलाई विजेता घोषित गरिन्छ।

 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.