बासना थापाको प्रश्न- के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ?

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीमा भएको बस दुर्घटना राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाडको परिणाम भएको बताएकी छन्।

Artha Kendra Artha Kendra
सोमबार, २२ असार २०८३, १:२५ PM
फन्ट
बासना थापाको प्रश्न- के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ?

काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीमा भएको बस दुर्घटना राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाडको परिणाम भएको बताएकी छन्।

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले कर्णाली दुर्घटनाले सिंगो कर्णाली र देशलाई रुवाएको उल्लेख गर्दै यति लामो समय बितिसक्दा समेत राज्यबाट घटनाको सम्पूर्ण विवरण र यथार्थ सार्वजनिक हुन नसक्नु अत्यन्तै दुःखद भएको बताइन्।

उनले भनिन्, ‘कर्णालीको सडकमा दिनहुँजसो रगत बगिरहेको छ। ती सडक आज सडक रहेनन्, मृत्यु मार्गजस्ता देखिएका छन्। अब कहिलेसम्म कर्णालीले यस्तो नियति भोग्नुपर्ने हो? हरेकपटक यात्रा गर्दा मानिसहरूले ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने यो कस्तो व्यवस्था हो?’

थापाले ‘के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो?’ भन्दै सरकारलाई प्रश्न गरिन्। उनले कर्णालीवासीको निधारमा अकाल मृत्यु मात्रै लेखिएको भन्दै दुर्घटनालाई राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाड भएको आरोप लगाइन्।

उनले तत्काल कर्णाली राजमार्गको स्तरोन्नति, सडक सुरक्षाको सुनिश्चितता तथा यस्ता दुर्घटना रोक्न ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.