बङ्गलादेशका पूर्व अन्तरिम सरकार प्रमुख युनुसविरुद्ध अदालतमा उजुरी दर्ता

बङ्गलादेशका पूर्व अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसविरुद्ध देशमा फैलिएको दादुरा महामारीका सम्बन्धमा आपराधिक लापरवाही गरेको आरोप लगाउँदै अदालतमा उजुरी दर्ता गरिएको छ।

Artha Kendra Artha Kendra
सोमबार, २२ असार २०८३, १२:६ PM
फन्ट
बङ्गलादेशका पूर्व अन्तरिम सरकार प्रमुख युनुसविरुद्ध अदालतमा उजुरी दर्ता

काठमाडौँ । बङ्गलादेशका पूर्व अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसविरुद्ध देशमा फैलिएको दादुरा महामारीका सम्बन्धमा आपराधिक लापरवाही गरेको आरोप लगाउँदै अदालतमा उजुरी दर्ता गरिएको छ। दादुराका कारण हालसम्म करिब सात सय अठतीस जनाको मृत्यु भइसकेको छ ।

उजुरीकर्ता सिराजुल इस्लामका कानुन व्यवसायी तस्लीमा जहानका अनुसार ढाकाका अतिरिक्त मुख्य महानगरीय न्यायाधीश जशिता इस्लामले उजुरी दर्ता गरेकी हुन् । सिराजुल नौ महिनाकी छोरीका पिता हुन्, जसको डेङ्गुका कारण मृत्यु भएको थियो ।

उजुरीमा खोप अभावका कारण बालिकाले समयमै आवश्यक खोप लगाउन नपाएको र पछि ढाकास्थित एक सरकारी अस्पतालमा अक्सिजनको अभावका कारण उचित उपचार नपाउँदा उनको मृत्यु भएको उल्लेख गरिएको छ ।

उजुरीमा पूर्व मुख्य सल्लाहकार युनुसमाथि कर्तव्यपालनमा लापरवाही, कानुन उल्लङ्घन तथा लापरवाहीका कारण नागरिकको मृत्यु भएको आरोप लगाइएको छ । यस प्रकरणमा पूर्व अन्तरिम सरकारकी स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगम, युनुसका प्रेस सचिव सफिकुल आलम तथा तत्कालीन स्वास्थ्य सेवा महानिर्देशक मोहम्मद अबु जाफरलाई पनि सहआरोपी बनाइएको छ ।

अदालतका अधिकारीका अनुसार आगामी जुलाई १२ गते उजुरी स्वीकार गर्ने वा नगर्ने तथा आरोपितविरुद्ध आपराधिक मुद्दा अघि बढाउने वा नबढाउने विषयमा निर्णय गरिनेछ ।

यो मुद्दा बङ्गलादेशमा पछिल्ला धेरै दशकयताकै सबैभन्दा गम्भीर दादुरा महामारीबारे तीव्र छानबिन भइरहेका बेला दर्ता भएको हो। स्वास्थ्य अधिकारीहरूले आइतबार बिहानसम्मको पछिल्लो चौबीस घण्टामा थप सात जनाको मृत्यु भएको जानकारी दिएका छन् । त्यससँगै गत मार्च १५ यता दादुरासम्बन्धी मृत्यु हुनेको कुल संख्या ७३८ पुगेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.