ब्राजिललाई २–१ ले हराउँदै नर्वे क्वार्टरफाइनलमा, अब नर्वे कोसँग खेल्छ ?
फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अर्लिङ्ग हलान्डको जोडी गोलको बलमा नर्वेले पाँचपटकको च्याम्पियन ब्राजिललाई २–१ ले हराउँदै पहिलोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
न्युजर्सी । फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ सिक्स्टिन) मा नर्वेले पाँचपटकको विश्वच्याम्पियन ब्राजिललाई २–१ ले हराउँदै ठूलो उलटफेर गरेको छ। न्युयोर्क–न्युजर्सी स्टेडियममा भएको यो खेलमा अर्लिङ्ग हलान्डले खेलको अन्तिम ११ मिनेटभित्र दुई गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाए।
पहिलो हाफमा ब्राजिलले अग्रता लिने सुनौलो अवसर गुमायो। ब्रुनो गिमाराइसले पाएको पेनाल्टी नर्वेली गोलरक्षक ओर्यान निल्यान्डले रोकिदिए। निल्यान्डको उत्कृष्ट प्रदर्शन ब्राजिलका लागि बाधक बन्यो।
गोलविहीन बराबरीतर्फ बढिरहेको खेलमा ७९ औं मिनेटमा हलान्डले गोल फोरे। उनले गेब्रिएलमाथि उफ्रिँदै हेडरबाट गोलरक्षक एलिसनलाई परास्त गरे। त्यसको केही समयपछि नै लामो दूरीबाट हानेको न्यून सटले कर्नरमा गोल बनाउँदै २–० को अग्रता दिलाए।
स्टोपेज टाइममा नेमारले पेनाल्टीबाट गोल गर्दै अन्तर २–१ मा झारे पनि त्यो ब्राजिलका लागि सान्त्वनामै सीमित रह्यो।
यो हारसँगै ब्राजिलले सन् १९९० यताकै सबैभन्दा चाँडो विश्वकप बहिर्गमन भोगेको छ। अर्कातर्फ नर्वे पहिलोपटक अन्तिम आठमा पुगेको छ। हलान्डका यी दुई गोलसहित उनको विश्वकपको कुल गोल ७ पुगेको छ, जसले उनलाई लियोनेल मेस्सी र काइलियन एम्बाप्पेसँगै गोल्डेन बुटको दौडमा उभ्याएको छ।
अब नर्वे कोसँग खेल्छ ?
क्वार्टरफाइनलमा नर्वेको भिडन्त इङ्ल्यान्डसँग हुनेछ, जसले मेक्सिकोलाई ३–२ ले हराएको थियो। यो खेल असार २७ गते (जुलाई ११) मायामीको हार्ड रक स्टेडियममा हुनेछ।
मेक्सिकोलाई ३–२ ले हराउँदै इङ्ल्यान्ड क्वार्टरफाइनलमा
खेलको नायक बने जुड बेलिङ्घम, जसले पहिलो हाफमै दुई गोल गरे।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.