राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै
नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गर्ने भएको छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गर्ने भएको छ । बैंकले असार १९ गते (आज अपराहन्न ३ बजे) अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ग’ जारी गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने यसको साँवा २०८४ असार १९ गते फिर्ता गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ ।
यस ऋणपत्रका लागि न्यूनतम ५ करोड रुपैयाँदेखि बढीमा ५ करोडले भाग गर्दा नि: शेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । बोलकबोलमा प्रस्ताव गरिएको ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिनेछ भने समान ब्याजदर प्रस्ताव भएमा समानुपातिक आधारमा बाँडफाँट गरिने व्यवस्था छ ।
राष्ट्र बैंकले स्वीकृत बोल रकम स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने जनाएको छ । साथै, स्वीकृत रकम निकासा मितिमा सम्बन्धित संस्थाको खाताबाट कट्टा गरिने र खातामा पर्याप्त मौज्दात नभएमा जरिवानासहित छ महिनासम्म खुला बजार कारोबारमा सहभागी हुन नपाइने व्यवस्था पनि गरिएको छ ।
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र वैधानिक तरलता अनुपात गणनामा प्रयोग गर्न सकिनेछ, तर अनिवार्य नगद मौज्दातमा भने गणना गरिने छैन ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.