सुनको मूल्यमा लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम
काठमाडौं, २४ फागुन । सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार एकैदिन सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसाय माहासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार पुगेको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।तेजावी सुनको भाउ तोलाको १ लाख २२ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो ।
विगत १ महिनामा ८ हजार रुपैयाँ बढीले सुनको भाउ बढेको छ । चाँदीको मूल्य पनि बढेको छ । चाँदी बिहीबार प्रतितोला १ हजार ४७० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलाको १ हजार ४४० रुपैयाँ थियो ।
चाँदीको मूल्यले भने यसअघिका रेकर्ड तोड्न सकेको छैन । यसअघि पुस १२ गते चाँदीको मूल्य १ हजार ४ सय ९० रुपैयाँ पुगेको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.