काठमाडौँ महानगरको बजेट पारित
आर्थिक वर्ष २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाको २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित भएको छ।
काठमाडौँ । आर्थिक वर्ष २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाको २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित भएको छ।
असार ४ गते बसेको नगरसभा १९औँ अधिवेशन अन्तर्गत चौथो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोल ले पेश गरेको बजेट तथा कार्यक्रममाथि छलफलपछि आज राष्ट्रिय सभा गृह मा बसेको बैठकले प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
पारित बजेटमध्ये सञ्चित कोषमा व्ययभार पर्ने २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ र बाह्य व्ययभारतर्फ ७५ करोड रुपैयाँ रहेको छ। यससँगै कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट स्वीकृत भएको हो।
बैठकमा प्राप्त संशोधन प्रस्ताव र सुझावलाई समेट्दै सभाध्यक्षले प्रस्ताव सभासमक्ष प्रस्तुत गरेका थिए, जसलाई सभा सदस्यहरूले सर्वसम्मत रूपमा अनुमोदन गरेका हुन्।
यस्तै, विधायन समितिका संयोजक तथा वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन ले कार्यसूचीको चौथो नम्बरअन्तर्गत विभिन्न ऐन संशोधन सम्बन्धी प्रस्ताव पेश गरेका थिए। उनले ‘जनस्वास्थ्य ऐन, २०८० (पहिलो संशोधन, २०८३)’, ‘शिक्षा ऐन, २०७५ (दोस्रो संशोधन, २०८३)’, ‘विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ (पहिलो संशोधन, २०८३)’, ‘विपद् व्यवस्थापन ऐन, २०७७ (पहिलो संशोधन, २०८३)’ तथा ‘कर्मचारी सेवा ऐन, २०७७ (चौथो संशोधन, २०८३)’ सभामा प्रस्तुत गरेका थिए।
महानगरका अनुसार, यी ऐन संशोधन प्रस्ताव तथा अन्य विषयमा थप छलफल गर्न असार २३ गते, मंगलबार दिउँसो ३ बजे नगरसभाको पाँचौँ बैठक बोलाइएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.